ओलीलाई ७६–५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्बाेच्चमा रिट

समाधान संवाददाता २०७८ जेठ ९ गते १८:२०

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले सर्बाेच्चमा रिट दायर गर्ने तयारी गरिरहेकेा बेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न माग गरिएकाे रिट सर्बाेच्च अदालत पुगेकाे छ ।

अधिवक्ता कृष्ण भण्डारीले केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट सर्बाेच्च पुर्याएका हुन् । त्यस्ते राष्ट्रपति र प्रधानमन्त्रीका विरुद्धमा थप २४ रिट सर्बाेच्चमा परेका छन् ।

Advertisement

सर्बाेच्च अदालतले अध्ययन जारी रहेकेा भन्दै सबै रिट भाेलि मात्र दर्ता हुने जानकारी दिएकाे छ ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्बाेच्च पुगेकाे रिटमा राष्ट्रपतिर राष्ट्रपतिकाे कार्यालयलाई विपक्षी बनाइएकाे छ । एमालेका संसदीय दलका नेता र जसपाका संसदीय दलका नेताकाे हस्ताक्षर सहित १५३ जना सांसदकाे दावी गर्दै ओलीले दिएकाे निवेदनलाई आधार पुगेन भन्न नमिल्ने रिटमा जिकिर गरेकाे अधिवक्ता भण्डारीले बताएका छन् ।

Advertisement

विपक्षी गठबन्धनका सांसदहरुले पनि आफूहरुकाे साथ शेरबहादुर देउवालाई छ भन्दै विघटित प्रतिनिधि सभाका बहुमत सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्न माग गर्दै भाेलि साेमबार रिट दायर गर्दैछन् ।

तपाईको प्रतिक्रिया