२४ घण्टामा गण्डकीमा १७ जनाकाे मृत्यु, ९४६ संक्रमित थपिए

समाधान संवाददाता २०७८ जेठ ९ गते १८:५४

समाधान संवाददाता, पाेखरा ।

पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा काेराेना भाइरसबाट संक्रमित १७ जनाकाे मृत्यु भएकाे छ । मृतक मध्ये ११ जनाकाे पाेखराकाे विभिन्न अस्पतालमा उपचारार्थ भर्ना थिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार मृतक मध्ये कास्कीका २ जना, स्याङजाका ४ जना, म्याग्दी जिल्लाका ३ जना, पर्वतका १ जना, तनहुँका १ जना,  गाेरखाका २ जना,  नवलपुरका १ जना, लमजुङका १ जना, सिन्धुलीका १ जना र भारतका १ जना छन् ।

Advertisement

त्यस्तै पछिल्लाे २४ घण्टामा मनाङ जिल्ला बाहेक गण्डकी प्रदेशका सबै जिल्लामा संक्रमित थपिएका छन् ।

नयाँ थपिने संक्रमितकाे संख्या ९४६ रहेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । यी मध्ये ५०३ जना पुरुष र ४४३ जना महिला छन् ।

Advertisement

संक्रमित मध्ये सबै भन्दा बढी कास्कीमा २९५ जना थपिएका छन् भने गाेरखामा १७१ जना नयाँ संक्रमित पुष्टि भएकाे छ ।

त्यस्तै म्याग्दीमा १८१, वाग्लुङमा ९५, स्याङ्जामा ९० र तनहुँमा ६१, पुर्वी नवलपुरमा २५, पर्वतमा १८ र लमजुङ र मुस्ताङमा २–२ जना नयाँ संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया