साहित्यकार डा. बानिरा गिरीको निधन
समाधान संवाददाता
२०७८ जेठ १० गते १३:४१

१० जेठ, काठमाडौं । साहित्यकार डा बानिरा गिरीको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ ।
हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतकबार राति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरी तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् ।
उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । डा गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।
डा। गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।
सम्बन्धित









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया