देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने १४६ सांसद सर्बाेच्च अदालतमा

समाधान संवाददाता २०७८ जेठ १० गते १४:०४

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर गर्न थालिएकाे रिटमा विघटित प्रतिनिधि सभाका १४६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

उनीहरु रिट दायर गर्न सर्बाेच्च अदालत पुगिसकेका छन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै हस्ताक्षर बुझाइएका मध्ये ३ जना सांसदले हस्ताक्षर गरेनन् ।

हस्ताक्षर नगर्ने तिनै जना सांसद नेकपा एमालेका हुन् । गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौलाले हस्ताक्षर गरेनन् ।

Advertisement

रिटमा एमालेका २३ सहित कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र जनमाेर्चाका १ गरी १४६ जनाले हस्ताक्षर गरेका हुन् ।

तपाईको प्रतिक्रिया