पूर्व सहसचिव सिग्देलको निधन

समाधान संवाददाता २०७८ जेठ १० गते १६:१९

समाधान संवाददाता, पोखरा

पोखरा १३ कुँडहर निवासी सूर्यकान्त सिग्देलको ५९ वर्षको उमेरमा निधन भएको छ । सिग्देलको कोरोना उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा बुधबार निधन भएको हो । उनी लुम्बिनी प्रदेश सरकारको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयका निवृत्त सहसचिव हुन् । अरण्यज्योति पुस्तकालयका संस्थापक स्व. रमेशकान्त सिग्देलका जेठा छोरा सूर्यकान्तका श्रीमती, ३ भाइ, ३ छोरी र १ छोरा छन् ।

तपाईको प्रतिक्रिया