प्रहरी नायब उपरीक्षक खरेलको कोरोनाले मृत्यु

समाधान संवाददाता २०७८ जेठ १० गते १७:०२

काठमाडौं ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) समिर खरेलको को कोरोना संक्रमणका कारण ज्यान गएको छ। पुलिस एकेडेमीमा कार्यरत खरेल ३ साता अघि पुलिस अस्पताल भर्ना भएका थिए।

२०५१ सालमा असईबाट सेवा सुरु गरेका उनले २०५८ सालमा खुलातर्फ प्रहरी निरीक्षकमा नाम निकालेका थिए।

गत साता काठमाडौं प्रहरी परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको पनि कोरोनाका कारण ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया