गण्डकी कोरोना मिटरः २० संक्रमितको मृत्यु, ६५३ जना संक्रमणमुक्त

समाधान संवाददाता २०७८ जेठ १० गते १७:४८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङ्जाका ६, बागलुङ र पर्वतका ४/४, तनहुँ र रुपन्देहीका २/२, कास्की र मुस्ताङका १/१ जनाको मृत्यु सोमबार पुष्टि गरेको हो ।

योसहित प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ५१ पुगेको छ ।

Advertisement

प्रदेशमा सोमबार ७ सय ४४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसहित कुल संक्रमित संख्या ३५ हजार ३२६ पुगेको छ । कुल संक्रमितमध्ये २४ हजार ४२० जना निको भएका छन् । सोमबार ६ सय ५३ जना कोरोनामुक्त भएको निर्देशनालयको तथ्यांक छ ।

गण्डकी प्रदेशमा १० हजार ३५५ सक्रिय संक्रमित रहेकोमा ९ हजार ६०७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांक छ । बाँकी संक्रमित विभिन्न जिल्ला अस्पताल, निजी अस्पताल र होटल आइसोलेसनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया