कोभिड नियन्त्रणका लागि ३२ अर्ब २८ करोड ऋण
समाधान संवाददाता
२०७८ जेठ १० गते १७:५०
काठमाडौँ ।
सरकारले कोभिड नियन्त्रण रोकथाम तथा खोपका लागि ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।
सोमबार मन्त्रालयमा भएको भर्चुअल पत्रकार सम्मेलनमा ऋण सहाययता अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि विश्व बैंकबाट तीन अर्ब ४८ करोड सहायता प्राप्त भएको उनले जानकारी दिए ।
खोप व्यवस्थापनका लागि ९ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएर कार्यान्वयनमा आउने क्रममा रहेको मन्त्री त्रिपाठीको भनाइ छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया