नागरिकतासम्बन्धी अध्यादेश खारेज गरियोस्ः चन्द

काठमाडौँ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्न सरकारले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश २०७८ ल्याएको आरोप लगाएको छ । महासचिव चन्दले सोमबार विज्ञप्ति जारी गर्दै यसको मूल्य देशले चुकाउनुपर्ने जनाएका छन् ।
‘नागरिकता जस्तो राष्ट्रिय महत्वको विषयमा निर्णय लिँदा जनमत बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ त्यसो गर्नुको सट्टा आफ्नो सत्ता संकट टार्न, आफ्नो कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका निम्ति यस्ता निर्णय लिइन्छ भने त्यसको मूल्य सिंगो मुलुकले चुकाउनुपर्ने हुन्छ ।’
चन्दले विज्ञप्तिमार्फत यस्ता राष्ट्रहितविपरीत निर्णय खारेज गर्नसमेत चेतावनी दिएका छन् । ‘हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोउन्, त्यस्ता निर्णय खारेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया