माधव नेपाल र झलनाथ खनाल पार्टीबाटै निष्कासित

समाधान संवाददाता २०७८ जेठ १० गते १९:०८

काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको छ ।

स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन् ।

तपाईको प्रतिक्रिया