गोली लागेर घाइते भएका माओवादी नेताको मृत्यु
समाधान संवाददाता
२०७८ जेठ ११ गते ६:०३

काठमाडौँ ।
कपिलवस्तुमा गत बुधबार गोली लागेर घाइते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौंमा सोमबार मृत्यु भएको छ।
कपिलबस्तुमा गोली लागेर घाइते भएका पाण्डेयलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा केही दिन राखी उपचार गरिए पनि स्थिति गम्भीर नै रहिरहेपछि थप उपचारका लागि सोमबार नै काठमाडौँ ल्याइएको हो। उनलाई हेलिकप्टरमार्फत सोमबार साँझ नै काठमाडौं ल्याइएको हो।
उनको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनीमाथि गोली प्रहारमा संलग्न रहेको आरोपमा समाजवादी विद्यार्थी फोरमका लुम्बिनी प्रदेश अध्यक्ष ओम प्रकाश यादवसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्बन्धित







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया