जान्नुहोस् आजको मौसम

समाधान संवाददाता २०७८ जेठ ११ गते ७:४१

काठमाडौँ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली ‘चक्रवात’मा परिणत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उत्तर–उत्तरपश्चिमतिर सर्ने क्रममा यो चक्रवातले बुधबारसम्म शक्तिशाली स्वरूप लिने भएकाले यसको असर नेपालमा पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।

चक्रवात शक्तिशाली भएमा बुधबारदेखि केही दिनसम्म नेपालमा त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

Advertisement

‘चक्रवातको असर मध्य र पश्चिम क्षेत्रमाभन्दा नेपालको पूर्वी क्षेत्रमा बढी पर्नेछ, सावधानिका उपायहरू अपनाउन हामी आह्वान गर्छौँ,’ पौडेलले भने,’त्यसको आंशिक असर त आजदेखि नै देखिने छ ।’

महाशाखाका अनुसार आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया