इराकसँग खेल्न नेपाल आज प्रस्थान गर्दै

समाधान संवाददाता २०७८ जेठ ११ गते ८:१७

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज इराक जाँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको छ ।

नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ । नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्ने छन् ।

इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । नेपालले जेठ १५ ९ मे २९० मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया