सभामुख सापकोटाले आज पूर्व सभामुखहरुसँग छलफल गर्ने

समाधान संवाददाता २०७८ जेठ ११ गते १२:१७

काठमाडौँ । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्दैछन् । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको छलफल आयोजना गरिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनकाअनुसार आफूसँग एकपटक पनि परामर्श नगरी दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटा असन्तुष्ट छन् । उनले विज्ञप्ति निकालेर प्रतिनिधि सभा विघटनको विरोध गर्नुका साथै शीर्ष नेता र संविधानविदहरुसँग पनि छलफल गरेका थिए ।

यसक्रममा मंगलबार पूर्व सभामुखहरुसँग सभामुख सापकोटाले छलफल गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया