१७ गते बजेटका सिद्धान्त, त्यसपछि बल्ल विश्वासकाे मत

समाधान संवाददाता २०७८ जेठ ११ गते १५:४५

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश प्रदेश सभाकाे बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुदैछ । प्रदेश सरकारकाे मन्त्रिपरिषद्ले सिफारिस गरे अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आव्हान गरेकी छन् ।

सरकारले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्थाका कारण १६ गतेदेखि अधिवेशन सुरु गर्ने निर्णय गरिएकाे हाे ।

Advertisement

बजेट ल्याउनभन्दा १५ दिन अघि सदनमा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नै पर्छ । प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री किरण गुरुङले दिएकाे जानकारी अनुसार १७ गतेकाे संसद बैठकमा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरिने भएकाे छ ।

जेठ १७ गतेकाे प्रदेश सभा बैठमा विनियाेजन विधियेक २०७८ काे सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न कार्यक्रम छ–मन्त्री गुरुङले समाधानसँग भने ।

Advertisement

यही अधिवेशनमा मुख्यमन्त्रीकाे विश्वासकाे मत लिनु पर्नेछ । सबैभन्दा ठुलाे दलकाे नेताकाे हैसियतले बैशाख २९ गते मुख्यमन्त्रीके सपथ लिएका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले १ महिनाभित्रै विश्वासकाे मत लिनु पर्छ ।

असार १ गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता भए जस्तै बजेट ल्याउन अघि सरकारकाे नीति तथा कार्यक्रम पनि प्रदेश सभाले पारित गर्नु पर्छ । नीति तथा कार्यक्रम पारित नभएमा सरकार अल्पमतमा परेकेा प्रमाणित हुन्छ ।

त्यसैले मुख्यमन्त्री गुरुङ चाडै विश्वासकाे मत लिन पर्ने बाध्यतामा छन् । अर्थमन्त्री किरण गुरुङका अनुसार पहिले नीति तथा कार्यक्रम कि विश्वासकाे मत भन्ने निर्णय अहिलेसम्म भएकाे छैन ।

मुख्यमन्त्रीले प्रमुख प्रतिपक्ष दलसहितका प्रदेश सभामा उपस्थित दलहरुसँग छलफल गरेर अघि बढ्ने याेजना बनाएकाे पनि गुरुङले बताए ।

तपाईको प्रतिक्रिया