कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई १ लाख र मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

समाधान संवाददाता २०७८ जेठ ११ गते १९:२०

समाधान संवाददाता, पोखरा

कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रशासनले १ लाख जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको आज बसेको बैठकले निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने जनाएको छ ।

कोरोना संक्रमण रोक्न आदेश जारी गरिएको र अब आदेश नमाने अध्यादेश अनुसार व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

Advertisement

मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ । अनुमति बिना हिँड्ने २ पाङ्ग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचना छ ।

कास्कीमा १४ जेठसम्म निषेधाज्ञा घोषणा गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया