कोरोना महामारीविरुद्ध सिद्ध महायोगानुष्ठान

समाधान संवाददाता २०७८ जेठ ११ गते १९:२५

परिचयः
जब–जब देशमा विपत्तिहरु आइपर्दछन् तब–तब त्यस्ता विपत्तिहरुको संकट टार्नको लागि गरिने कयौं आत्मा सन्तुष्टिका उपायहरु मध्येका धार्मिक यज्ञ, अनुष्ठानहरु सम्पन्न गरिनु पनि एक हन् । जुन यज्ञ, अनुष्ठान सम्पन्न पश्चात् मानिसको आत्मामा प्रफुल्लता, उर्जावान् र एक किसिमको मन स्थिरताको अवस्था सिर्जना हुन्छ । किनकी हाम्रो जन्मजातबाटकै सिकाई धार्मिक कार्यहरुलाई अतिनै सकरात्मक रुपबाट धारणा गर्ने बानीले पनि यसो हुन गएको होला अर्थात् सकरात्मक ज्ञानहरुको सेटिङ हाम्रो सबकन्सेस माइण्डमा बस्ने भएर होला । धर्म संस्कार भनेको नै अत्यन्त सकरात्मक रुपबाट हेरिने, त्यसलाई धारण गरिने हुनाले मानिसको शरीरमा उत्पन्न हुने कयौ हर्मनहरु जस्तै यस्ता संस्कारगत कार्यहरुबाट आत्मा सन्तुष्टिका हर्मन उत्पत्ति हुँदा मानिसको मन प्रफुल्ल हुने, सुखानुभूति गर्ने साथसाथै विविध मानसिक तथा शारीरिक रोग, भय लगायत अन्य विपत्तिहरुसँग लड्न सक्ने क्षमताको विकासको वृद्धि हुन्छ । त्यसैले हामीले आफ्नो दिमागलाई सदा सकरात्मक सोंचको ज्ञानको भण्डार बनाउनु जरुरी हुन्छ ।

प्राचिनकालमा पनि आजको कोरोना जस्ता भाइरसको विपत्तिबाट बच्न र बचाउन पूर्वीय दर्शनमा आधारित बैदिक पद्धति अनुसारको आहार–विहार, योगासन, प्राणायाम र सकारात्मक चिन्तनको उपयोग गर्दै भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गरि आम मानवको जीवन रक्षा गरेको यथेष्ठ प्रमाणहरु हाम्रा ग्रन्थहरुमा पाइन्छ । हाल विश्वभरी फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । श्वाशप्रश्वाशको माध्यमबाट सर्ने उक्त रोग संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । यसको संक्रमणले विश्वमा लाखौ मानव जनहरुको क्षति भइरहेको छ । नेपालमा पनि दैनिक सरदर २०० भन्दा बढी मानिसहरुको ज्यान गएको अवस्था छ । हाल नेपालले भोगिरहनु परेको कोरोनाको त्रासदीबाट नेपालीहरुलाई बचाउन विश्व स्वास्थ्य संगठनको निर्देशन पालन गर्दै र नेपाल सरकारको नीतिलाई अवलम्बन गर्दै जगद्गुरु महायोगी सिद्धबाबाको सत्संकल्पबाट सम्पूर्ण नेपालीहरुका लागि स्वास्थ्यवर्धक दिनचर्या, भोजनचर्या र योगाचारणद्वारा स्वस्थ शरीर राख्नको लागि पहल गर्नु, स्वस्थ एवं शान्त मन, चित्त र आत्मिक प्रशन्नताकासाथ जीवन रक्षा गर्नमा सहयोग पु¥याउन जगद्गुरु रामानन्दाचार्य सेवा पिठ चतराधाम, सुनसरीले
१५ दिने (मिति २०७८ जेष्ठ १२ देखि २७ गतेसम्म) हिमालयन सिद्ध महायोगानुष्ठान कार्यक्रम बिहान ५–७ बजेसम्म विभिन्न टेलिभिजन, युट्युव मार्फत् प्रत्यक्ष प्रसारण गर्नेगरी आयोजना गरेको छ ।

Advertisement

अनुष्ठानको उद्देश्य ः
स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु, रोगी व्यक्तिको रोग निर्मूल गर्नु र वर्तमान कोरोना महामारीबाट जीवन रक्षा गर्नु रहेको छ ।

यस अनुष्ठानमा के के गरिन्छ
शरीरको पोषण हेतु उचित अन्न जलको व्यवस्थापन र सेवन कसरी गर्ने सिकाइन्छ । प्रकाश र शुद्ध वायुको संयमित सेवन बारे सिकाइन्छ । मल, मुत्र, पसिना आदिको यथानियम निस्कासन बारे सिकाइन्छ । शारीरिक रुपमा चिसो र तातोबाट रक्षा कसरी गर्ने बारे सिकाइन्छ । उचित व्यायाम, परिश्रम र विश्राम बारे सिकाइन्छ । विषाक्त टक्सिन, किटाणु र भाईरसबाट जीवन रक्षा कसरी गर्ने साथै जीवाणुको रक्षा कसरी हुन सक्छ भन्ने सिकाइन्छ ।

Advertisement

अनुष्ठानका नियमहरु
नियमित ब्रह्म मुहुर्तमा उठ्ने । इच्छा नभए पनि अनिवार्य उषापान गर्ने । विविध प्रकारको शरीर शोधन र स्नानहरु गर्ने । योगासन, प्राणायामहरु गर्ने । अल्पाहारमा रहने । ब्रह्मचार्यको पालन गर्ने । धुम्रपान, मद्यपान, सुर्तीजन्य नसालु पदार्थको सेवन नगर्ने । चिया, कफि, मासु, माछा, अण्डा सम्भव भए सदाको लागि, नभए अनुष्ठान अवधिभर सेवन नगर्ने । परिस्थिति अनुसार एक्लै अर्थात् एक्लिएर रहने र मौन रहने पूर्ण प्रयास गर्ने । घरमा रहँदा पनि मास्क लगाउने । दिनमा २ पटक मास्क बदल्ने । नाक, कान, आँखा नकोट्याउने, नचलाउने । आवश्यक परेमा हात राम्रोसँग धोएर छुने र काम सकिएपछि पनि हात धुने । बारम्बार हातलाई साबुन पानीले धोइरहने । इलेक्ट्रोनिक डिभाइसको कमसेकम कम प्रयोग गर्ने । गालि, गलौच, हत्या हिंसा नगर्ने । अनुष्ठान अवधिभर अत्यन्त आवश्यक नपरी घरबाट बाहिर नजाने । परिवारसँग १ बेड वा १ सोफामा उठवस नगर्ने, नसुत्ने । अरुको जुठो भोजन नखाने, आफ्नो जुठो पनि अरुलाई नखुवाउने । रुची नभए तापनि अनुष्ठान अवधिभर प्रस्तुत तालिका अनुसार जलपान तथा भोजन गर्ने । अमिलो, पिरो, चिल्लो भोजन अनुष्ठान अवधिभर निषेध गर्नुपर्ने हुन्छ ।

भोजनमा प्रयोग हुने पदार्थ र मसलाहरु (एक परिवारका लागि)
बेसार–१ के.जी., सुठो–२५० ग्राम, अदुवा–५०० ग्राम, धनिया–५०० गौम, जीरा–२५० ग्राम, मेथी–२५० ग्राम, ज्वानो –२५० ग्राम, ल्वाङ–२०० ग्राम, मरिच–२०० ग्राम, सुकमेल–२०० ग्राम, दालचिनी–२०० ग्राम, जायफल–१० ग्राम, पिपली–२०० ग्राम, तेजपात–२५० ग्राम ।

अन्य औषधिजन्य पदार्थहरु (एक परिवारका लागि)ः
हर्राे–५०० ग्राम, बर्राे–५०० ग्राम त्रिफला, अमला–५०० ग्राम, निमको पात–५०० ग्राम, नीमको डाठ कान्छी औला बराबर मोटाइको ५ इन्च लामो १५ पिस प्रति व्यक्ति, असुरो पत्र–१ के.जी., तुलसीपत्र–२०० ग्राम, गुर्जाे–५०० ग्राम, पारिजात पत्र–१ के.जी., सिमली पत्र–१ के.जी., घ्युकुमारी–३ के.जी., लसुन–१ के.जी., प्याज–५ के.जी., २ हात गहिरो खनेर निकालिएको माटो (रातो सेतो लिप्न माटो भए राम्रो) १ बोरा, गाईको गोबर–१० के.जी., गौमूत्र–५ के.जी., मह–१ के.जी., सख्खर–१ के.जी., गाईको घ्यू–१ लि., तोरीको तेल १ लि. प्रति व्यक्ति, ।

तयारी औषधीहरु
अश्वगन्धा चूर्ण–५०० ग्राम (परिवारको लागि), गुडुचीघनवटी–१ डब्बा (प्रतिव्यक्ति), कुटजघन वटी –१ डब्बा
(प्रतिव्यक्ति), स्वासारी वटी–१ डब्बा (प्रति व्यक्ति), कामयाव चूर्ण–१ डब्बा (प्रति व्यक्ति), रसायन चूर्ण–१ डब्बा (प्रति व्यक्ति), अमृत धारा–१ पिस (प्रति व्यक्ति), तुलसी अर्क ५१ ड्रप –१ पिस (प्रति व्यक्ति), आयुष क्वाथ – १ डब्बा (प्रति व्यक्ति), नागरादी क्वाथ–१ डब्बा (प्रति व्यक्ति), कन्कासव–१ डब्बा (प्रति व्यक्ति)

यज्ञमा अपनाउनु पर्ने सावधानीहरु
उपरोक्त पदार्थहरु सामाग्रीहरु आफुसित जे जति सहजताले उपलब्ध छ जोहो गर्ने । नभएको पदार्थ सजिलै उपलब्ध गर्न सकिंदैन भने चिन्ता नगरी जे छ त्यसैलाई लाइभमा सिकाइए अनुसार प्रयोग गर्ने । गोबर र गोमुत्र हाम्रो स्थानीय प्रजातिका गाईको प्रयोग गर्ने । वर्ण शंकरको वा जर्सी जस्ता प्रजातिको प्रयोग प्रभावी हुँदैन । जटिल यौगिक प्रक्रियाहरु गर्दा जस्तै नेति, वस्ति आदि आसनहरु लाइभमा देखाइए अनुसार गर्ने, मेसो नपाए वा आफुले नजाने जबरजस्ति गर्ने प्रयास नगर्ने ।

निष्कर्षः
यस जगतका मानिस लगायत करोडौ जिव जिवात्माहरु प्रकृतिरुपबाट नै उत्पन्न हुन्छन् । उनिहरुको विनास पनि प्रकृतिक रुपबाट नै हुन्छ । हरेक जिवको यस धर्तीमा विकासको साथसाथै उसको आफ्नो अस्थित्वको लागि प्रकृतिले नै व्यवस्था गरेको हुन्छ, प्राकृतिक तवरले नै बाच्न सहज हुन्छ, नकी कृतिम तौरबाट । अर्थात् हरेक जिवजन्तुको गास, बास, कपास, स्वास्थ्य, सुरक्षा प्राकृतिक तवरबाट नै सम्भव छ नकि अन्यबाट । हाम्रा धार्मिक ग्रन्थ अनुसार ऋषिमुनिकालमा यस्ता महामारी लगायत कयौं विपत्तिहरुलाई निर्मुल पार्नका निम्ति यज्ञ, अनुष्ठान गर्ने गरेको पाइन्छ । यस्तो कार्य सिद्ध पुरुष सिद्ध महायोगीहरुले मात्र जीवात्मा माथि परेको संकट निवारणार्थ यस प्रकारका अनुष्ठान गर्ने गर्दछन् । यस अनुष्ठान जगद्गुरु महायोगी सिद्धबाबाको श्रीवाणीमा सम्पन्न हुनेछ । त्यसैले उपरोक्त वर्णन गरिएका सामाग्रीहरुलाई प्रयोग गरेर उल्लेखित नियमहरुलाई पालन गर्दै विभिन्न योगासन, प्राणायामको साथ १५ दिनसम्म सिद्धमहायोगानुष्ठान गर्नाले हाम्रो जीवनको रक्षा अवश्य हुनेछ । अर्थात् वर्णित सामाग्रीहरु जुटाउन नसकेतापनि यस अनुष्ठानको लाइभ कार्यक्रममा बसी निर्देशित यम, नियमहरुको पालना गरी शरीर शुद्धिकरण, योगाभ्यासबाट मात्र पनि हामीलाई आन्तरिक तथा बाह्य किसिमका संक्रमणहरुले आक्रमण गर्न सक्ने छैनन् । तसर्थ, यो निःशुल्क अनुष्ठानमा सहभागी भई कोरोनाको महामारीबाट आफू पनि बच्न आफ्ना छरछिमेक, इष्टमित्र र साथीभाईहरुलाई पनि बचाउनको लागि साथै आ–आफ्नो स्थानबाट विभिन्न सञ्चारका माध्यमद्वारा अन्य जनहरुलाई पनि जानकारी दिई यस पुण्य कार्यमा सहभागी गराउने प्रयत्न गर्न सकेमा कोरोना भाइरसलाई प्राकृतिक तवरले परास्त गर्न सकिने दुई मत छैन । सके यस अनुष्ठानको लाइभ कार्यक्रममा नै सहभागी भई आफू लगायत आफ्नो परिवार र सम्पर्कका व्यक्तिहरुलाई स्वस्थ राख्न प्रयत्न गरौ । नसके तापनि यस अनुष्ठानको वेभसाइडमा गई यहाँ निर्देशित अवधारणाहरुलाई पालना गरी व्यवहारमा उतार्न सकेमा प्राकृतिक तवरबाट स्वच्छ रहन सकिन्छ कि । हिमालयन सिद्धमहायोगानुष्ठानको लाइभ कार्यक्रममा सहभागी भई कोरोना भाइरस जस्तो संक्रमित रोगलाई परास्त गरौैै” भन्ने उद्घोषका साथ यस ऐतिहासिक अनुष्ठानलाई सफल
तुल्यायौ । (सन्दर्भग्रन्थ सूचीः वेबसाइट psmyoga.ca/anusthan ) सद्गुरुदेवका कृपाले ।

तपाईको प्रतिक्रिया