इलास्टिकको गुलेली अर्थात सनकको कठोर निरन्तरता

समाधान संवाददाता २०७८ जेठ ११ गते २०:१८


शेरबहादुर देउवाले संविधानत पेश गरेको स्पस्ट आधारलाई छिर्के हान्ने काम जब भयो तब केही अनिष्टको बादल मडारियो भन्ने लागेकै थियो ।


एसके निधन


दिउँसो सार्वजनिक भएका अप्राकृतिक र अगणीतय हिसाब किताबले शुभसंकेत फिटिक्कै दिएका थिएन । सत्ता र कुर्ची केन्द्रित दौड धुपमा संविधानको पाना च्यातेर जनभावनामा आगो सल्काउने काम नहोला भन्ने अवस्था त थिएन नै । निलाम्बनमा परेका सहित प्रतिनिधि सभामा रहेका जम्मा २७१ जना सांसदको हस्ताक्षर गणना यसरी गरियो कि कुल संख्या ३०२ सम्म पु¥याइयो । संविधानको धारा ७६ (५) अनुसारको वैकल्पिक सरकार गठनको वस्तुनिष्ठ आधार भनेकै प्रतिनिधि सभाको कुनै सदश्यले व्यक्तिगत रुपमा बहुमत पु¥याउन सक्ने आधार पेश गर्नु हो ।

Advertisement


७६ (५) ले दलीय प्रतिनिधित्वको अर्थ बुझ्दैन । यसले हेर्ने र गन्ने भनेको व्यक्ति हो । यसो त बहुमत पु¥याउन सक्ने आधार पुगे नपुगेको अन्तिम व्याख्या राष्ट्रपतिमा निहित छ । तथापि प्रत्यक्ष उपस्थिति सहितको १४९ जनाको व्यक्तिगत हस्ताक्षर वैकल्पिक सरकार गठनलाई पर्याप्त आधार थियो । संख्यात्मक रुपमा बहुमतको सम्भावित आधार पुष्टि नहुने कुनै आधार थिएनन । तर पटकपटक प्रधानमन्त्री खडक प्रसाद वलीको सहजतामा सहजीकरण गर्दै आएको राष्टपति कार्यालय यसपटक पनि उही लयमा फर्कियो ।


संविधानको धारा ७६ (५)ले बिल्कुलै कल्पना नगरेको, वैकल्पिक सरकार गठनमा त्यो भन्दा अघि नै प्रयोगमा आएर असफल भैसकेको दलीय समर्थनको प्रस्ताव समेत राष्टपतिको कार्यालयले स्वीकार्यो । खड्कप्रसाद वलीले पेश गरेको १५३ जनाको समर्थन सहितको भनियको दलगत प्रस्तावलाई समेत सम्बोधन गर्दै राष्ट्रपतिले कानुनि परामर्शको आवश्यकता भन्ने हवाला उर्दी भयो । शेरबहादुर देउवाले संविधानत पेश गरेको स्पस्ट आधारलाई छिर्के हान्ने काम जब भयो तब केही अनिष्टको बादल मडारियो भन्ने लागेकै थियो ।

Advertisement


कोरोना कहरको डर लाग्दो रुप ,उपचार र औषधिको अभाव, घन्टौ जसो आफन्त र शुभ चिन्तक गुमाउदाको पिडामा गुज्रेका जनाता राजनैतिक अन्योलता, अवैधता र नमिठो खिचडी पकाइको परिदृश्य हेर्दा हेर्दा थाकेर जब सुते । बालुवाटार जुरुक्क उठेछ । शीतल निवासले आफ्नो विवेक, कानुनी परामर्श, संविधानको मर्म र आफ्नो क्षेत्राधिकार भन्दा पनि वालुवाटारबाट आउने खड्क प्रासाद वलीको साउतीको प्रतिक्षामा थियो क्यारे ।


स्वर्गीय मदन भण्डारीले नारायणहिटी तर्फ फर्किएर हुंकार गर्थे महाराज ! नारायणहिटीबाट आँखा नझिम्काइस्योस, हिम्मत छ भने श्रीपेच फुकालेर सडकमा आइस्योस । तर बिडम्बना, उनै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादको लौरी टेकेर पार्टी नेतृत्वको सर्बोच्च कमाण्डर बनेका प्रधानमन्त्री खडकप्रसाद ओलीले उनै भण्डारीको हत्यालाई लिस्नो बनाएर राष्ट्रपति बन्न सफल मदन श्रीमतीसँग मध्यरातमा यसरी आँखा झिम्काई दिएछन कि सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो मताधिकारको प्रयोगले निर्माण गरेको संसद विघटन भएछ ।
मध्यरातमा गरिएको संसद बिघटन र मध्यावधि निर्वाचनको समाचार जब एका बिहानै सुनियो मैले मेरो जन्म गाउँ, गुल्मी बम्घा निमुवाखार्कको मगर दाइ अस्लामी सेतेलाई झल्याँस सम्झेँ । सेते दाइ रमाइलो मान्छे ।खुव उखान टुक्का सुनाउनु हुन्थ्यो । अहिले बुढो हुनु भएको होला । आफैले सुनाएका कथा आफै सुन्दा उहालाई नौलो पनि लाग्ला । सेते दाइ तपाईंसँग अनुमाति माग्दै तपाइको कथा ईलास्टिकको गुलेली यहा राखेको छु । सायद ईलास्टिकको गुलेली कथा पढी सकेपछी कसैले पनि सोध्ने छैन खड्कप्रसादले किन पटकपटक संसद बिघटन गरे ।


इलास्टिकको गुलेली
एकादेशमा एउटा तोपप्रसाद भन्ने केटो चरा मार्न खप्पिस थियो ।खास गरि अरुको छानामा बसेका परेवा उसलाई मार्नै पर्थ्यो । अचानक तोपे बौलायो । गुलेली भने पछी हुरक्कै हुने तोपेले जे मा पनि गुलेली देख्न थाल्यो । उसले तानिने, तन्किने वा बाध्न मिल्ने देख्यो कि गुलेली जस्तो बनाउँथ्यो । कसैले सुकाएका पेटिकोट, कट्टु देख्नै हुन्थेन, त्यसको ईजार निकाली हाल्थ्यो । नाम्लो, दाम्लो, डोरी काटी हाल्थ्यो । भलिवल काटेर ब्लाडर निकाल्थ्यो । केटीहरुको कपालमा लेबंति देख्योकि तानी हाल्थ्यो । अति भएपछी उसलाई उपचारको लागि राची लगियो ।राचिबाट ल्याए पछी पनि खासै सुधार आएन ।अब झार फुक नै अन्तिम बिकल्प हो भन्ने परिवारलाई लाग्यो । उसलाई समातेर झाक्रीको जिम्मा लगाइयो । झाक्रीले रु ५० हजारमा निको पार्ने जिम्मा लियो । पहिलो किस्ता २० हजार सहित कालो बोको र बिरामी जिम्मा लियो । झन्डै पन्ध्र दिनको झारफुकपछि झाक्रीले बिरामी निको भएकोले लिनु आउनु भनी खबर पठायो । साथै उसले भन्यो किच्कन्याले तर्साएर यस्तो भएको रहेछ, एउटी कन्या लिएर पनि आउनु बिहे गरिदिएपछि सबै ठिक हुन्छ ।


छोरो सन्चो भएकोमा परिवार खुशी भयो । कन्या केटी खोजेर छोरो लिन गए । बिहे समेत गरेर ल्याउने भएपछि जन्ती समेत गए । झाक्रीले पुजापाठ गरि सकेपछि ढ्याग्रो ठटाउदै भन्यो ‘हे किचकन्या त भागी जा । मनुवाको मनमा कन्यालाई बस्न दे ‘सम्पूर्ण झाक्री विधि गरेर सकी सकेपछि नजिकैको मन्दिरमा लगेर उसको बिहे पनि गरि दिए ।तोपे खासै बोलेको थिएन । बेलाबेलामा दुलहीलाई तलदेखि माथि सम्म हेथ्र्याे र मुसुक्क हाथ्यो ।सबैलाई लाग्यो अब ठिक छ । फर्किने बेलामा तोपेले पिसाब लाग्यो भनेर रोकियो । जन्ती अघि बढे । तोपेलाई साथ दिन रोकिएका केटाहरुले उसलाई जिस्काउन थाले ।
—तोपे दाइ आज त सुहागरात, बेलुका के गर्ने विचार छ ?
– ब्यहुलिलाई कोठामा लैजाने ।
—अनि के गर्ने ?
– चुकुल लगाउने ।
—चुकुल लगाएपछि ?
– उसलाई धोती र पेटिकोट खोल भन्छु ।
– केटाहरुलाई के चाहियो र ? झन झन उत्साहित हुँदै सोध्न थाले ।


—अनि के गर्ने विचार छ त ?
– त्यसको कट्टु खोलिदिन्छु ।
बदमास केटाहरु यतिमा पनि रोकिएन, बढो उत्सुक हुँदै सोधे ?
— अनि अनि, त्यसपछि क्यार्छौ नि तोपे दाइ ?
– त्यही कट्टुको इलास्टिक झिकेर गुलेली बनाउँछु ।
–––
कथा सकिन्छ र कथासँगै थप भन्नुपर्ने आवश्यकता पनि सकिन्छ ।

तपाईको प्रतिक्रिया