फिस्टेल एकेडेमीले थाल्यो अभिभावकसँग अन्तर्क्रिया

समाधान संवाददाता, पोखरा
यसै शैक्षिक सत्रबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शैक्षिक कार्यक्रम सुरु गर्न लागेको पोखराको फिस्टेल एकेडेमीले अभिभावकसँग छलफल थालेको छ । बिरौटास्थित आफ्नै १८ रोपनी जग्गामा सुविधासम्पन्न भवन बनाएको फिस्टेलले थप २२ रोपनी जमीनमा खेलमैदान समेत सञ्चालनमा ल्याउन लागेको छ ।
कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन असम्भव भएकाले जुममार्फत मंगलबार बिहान प्रतिनिधिमूलक रुपमा अभिभावकहरुसँग छलफल गरिएको संस्थापक निर्देशक चिनु रानाभाटले बताए । विश्वका धेरै मुलुक भ्रमण गर्दा र त्यहाँका विद्यालयहरु हेर्दा आफूले पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने लागेको र त्यसैलाई साकार पार्न सफल भएको उनको भनाइ थियो ।
पोखराबाटै धेरै अभिभावकले बाबुनानीहरु स्कुले शिक्षाकै लागि काठमाडौं र भारतका विभिन्न सहरमा पठाउने गरेको अवस्थामा पोखरामै अन्तर्राष्ट्रियस्तरको विद्यालय सञ्चालनको जमर्को आफूले गरेको रानाभाटले बताए । उनले भने, ‘युग सुहाउँदो प्रगतिशील शिक्षाका लागि त्यही अनुसारको जनशक्ति हामीले जुटाएका छौं, शिक्षा र अतिरिक्त क्रियाकलपाका लागि हामी कुनै सम्झौता गर्दैनौं ।’ कक्षा सुरु हुनु अगाडि अहिले शिक्षकहरुलाई न्युजिल्यान्ड र काठमाडौंको टिमले तालिम दिइरहेको उनले जानकारी गराए ।
हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक रानाभाट बताउँछन् । फिस्टेलले यसै वर्षबाट साइन्समा ११÷१२ को कक्षासमेत सञ्चालन हुँदैछ ।
प्रिन्सिपल विशाल क्षेत्रीले शैक्षिक क्षेत्रमा हालसम्म आर्जन गरेको ज्ञान सदुपयोग गर्दै गुणस्तरीय शिक्षाका लागि आफू लागिरहने प्रतिबद्धता जनाए । सेन्ट जोसेफ स्कुलमा पढेका क्षेत्री यसअघि काठमाडौंको प्रिमियर इन्टरनेसनल कलेजमा कार्यरत थिए । काठमाडौं उपत्यका मात्र नभएर पूर्वदेखि पश्चिमसम्म नाम चलेका स्कुलहरुमा समेत उनले काम गरिसकेका छन् । उनले भने, ‘गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि विद्यालय र अभिभावकबीच नियमित संवाद जरुरी हुन्छ, यसमा हाम्रो जहिले पनि प्राथमिकता रहन्छ ।’
कार्यक्रममा एकेडेमिक कोअर्डिनेटर प्रेमा दर्शनाले विद्यालयको भर्ना प्रक्रियाका बारेमा जानकारी गराइन् । आगमी शैक्षिक सत्रका लागि जेठ १३ गते प्रवेश परीक्षा हुने उनले बताइन् । अहिलेको महामारीका कारण प्रवेश परीक्षा भर्चुअल नै गर्न लागेको समेत उनले जानकारी गराइन् ।
प्राइमरी इन्चार्ज मीनाक्षी गुरुङले विद्यार्थीहरुलाई समय अनुसारको शिक्षा दिन आगामी शैक्षिक सत्रबाट अन्तर्राष्ट्रियस्तरमै स्थापित आइबी शिक्षा लागु गरिने बताइन् । जसमा विश्वबजारमा आवश्यक पर्ने खालका सबैखाले ज्ञान विद्यार्थीहरुले प्राप्त गर्न सक्छन् । बौद्धिक, ज्ञानबद्र्धक खुराकका साथमा सामाजिक र व्यक्तिगत रुपमा समेत नेतृत्व लिन सक्नेगरी विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिने प्रतिबद्धता उनले जनाइन् ।
कार्यक्रममा अभिभावकहरु किरण केसी, बन्दना केसी, गोपि भट्टराई, सुहानिका अग्रवाल, सुजन कायस्थ, दीपक आचार्य, पत्रकार रमेश पौडेल, दीपेन्द्र श्रेष्ठ लगायतले जिज्ञाशा राख्नुका साथै सुझाव समेत दिएका थिए । पोखरा पर्यटन परिषदका अध्यक्षसमेत रहेका भट्टराईले पोखरामा यस्तो खालको विद्यालय पहिलेदेखि नै खड्केकोमा अहिले आएर बल्लन सञ्चालनमा आएको बताए । उनले भने, ‘कोर्सबुकमात्र पढाउने स्कुलहरु छन्, अतिरिक्त क्रियाकलाप पनि ज्यादै कम, बाबुनानीलाई जहिल्यै बाहिर लगेर पठाउन पाए हुन्थ्यो भन्ने लागेको थियो, अब भने ढुक्क भएका छौं ।’
कार्यक्रममा शिक्षक, अभिभावक, सञ्चारकर्मीसहित ६० जनाभन्दा बढी सहभागी रहेको शिक्षक कमल लामिछानेले जानकारी दिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया