बार्सिलोना, रियल मड्रिड र युभेन्टसमाथि अनुसन्धान

समाधान संवाददाता २०७८ जेठ १२ गते ७:१७

एजेन्सी । विवादास्पद युरोपियन सुपर लिगको योजनाबाट पछि नहटेका बार्सिलोना, युभेन्टस र रियल मड्रिडविरुद्ध युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले अनुशासन उल्लंघन सम्बन्धी अध्ययन थालेको छ ।

इएसएलका १२ संस्थापक सदस्य मध्ये यी तीन क्लब पनि हुन् । अरु ९ क्लब विवादपछि इएसएलको योजनाबाट पछि हटेका छन् । तर बार्सिलोना, युभेन्टस र रियल मड्रिडले योजनाबाट घोषणा गर्न मानेका छैनन् ।

युइएफएको कानूनी दायरा उल्लंघन भएको हुन सक्ने भन्दै अनुसन्धान धालिएको प्रशासकीय निकायले जनाएको छ ।

Advertisement

मंगलबार जारी वक्तव्यमा युइएफएको इथिक्स तथा अनुशासन नियामकले गरेको अनुगमनपछि अध्ययन सुरु गरिएको उल्लेख छ ।

आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड। टोटनह्याम, एसी मिलान, इन्टर मिलान र एथ्लेटिको मड्रिडले भने आफूहरु योजनाबाट बाहिरिएको बताइसकेकाले उनीहरुमाथि अध्ययन हुने छैन ।

Advertisement

तपाईको प्रतिक्रिया