८ दिनदेखि हराएका तनहुँका बोटे मृत फेला

समाधान संवाददाता २०७८ जेठ १२ गते ७:२१

रासस, तनहुँ

यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा फेला परेका छन् । व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन् ।

व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

Advertisement

जंगलमा निउरो खोज्न गएका मानिसले बोटेलाई मृतावस्थामा देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेपछि अहिले परीक्षणका लागि शव दमौली अस्पतालको शवगृहमा राखी आफन्तजनलाई खबर गर्ने काम भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया