खेलका दाैरान पाएकाे रेड कार्ड ३ दिनपछि फिर्ता

समाधान संवाददाता २०७८ जेठ १२ गते ७:५२

एजेन्सी

चेल्सीका कप्तान सेजर अज्पिलिक्वेटाले एस्टन भिल्लासँगको खेलको क्रममा पाएको रातो कार्ड फिर्ता भएको छ ।

रेफ्रीले देखाएको रातो कार्डविरुद्ध उनले अपील गरेका थिए । गएको शनिबार भएको खेलको क्रममा ८९ औँ मिनेटमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिशलाई समातेको देखिएपछि सेजरलाई रातो कार्ड दिइएको थियो ।

Advertisement

तर सेजरको अपीलपछि पुनर्मुल्यांकन गर्दा रातो कार्ड दिनु नपर्ने भन्दै निर्णय उल्ट्याइएको हो । चेल्सीमाथि एस्टन भिल्लाले २–१ को जित निकालेको थियो ।

चेल्सीले शीर्ष चारमा स्थान बनाएर च्याम्पियन्स लिगका लागि छनौट हुन सफल भएको थियो ।

Advertisement

३१ वर्षका सेजर युरोकपका लागि स्पेनको टोलीमा पनि छन् । मे २९ मा चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

तपाईको प्रतिक्रिया