राेनाल्डाेले गरे युभेन्टस छाेड्ने संकेत

समाधान संवाददाता २०७८ जेठ १२ गते ८:०५

एजेन्सी

स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले युभेन्टस छाेड्ने संकेत गरेका छन् । तर कता जान खाेजेकाे हाे भन्ने केही बताएका छैनन् ।

राेनाल्डाेले रियल मड्रिडबाट आउँदा युभेन्टसका लागि तय गरेको गोल लक्ष्य आफूले पूरा गरेको बताएका छन् । भविष्यलाई लिएर अन्यौल कायम रहेका बेला रोनाल्डोले यस्तो बताएका हुन् ।

Advertisement

पोर्चुगलका कप्तान ३६ वर्षे रोनाल्डो सन् २०१८ मा रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस आएका थिए । युभेन्टससँगको उनको सम्झौता अझै एक वर्ष बाँकी छ ।

रोनाल्डोले युभेन्टसबाट दुईपटक सिरी ए, एकपटक कोपा इटालिया र दुईपटक इटालियन सुपर कप जितेका छन् । सन् २०११ यता पहिलोपटक युभेन्टसले यो सिजन लिग उपाधि जित्न सकेन ।

Advertisement

तपाईको प्रतिक्रिया