राससका कार्यकारी सम्पादक बस्नेतलाई पुरस्कार

दमौली । ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई अर्पण गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि रु पाँच हजार ५५५ सहित सम्मानपत्र रहने छ ।
युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिक्षक खनालका स्मृतिमा उहाँका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गर्नुभएको थियो । उहाँ नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री हुनुहुन्थ्यो ।
सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो । युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गर्नुभएको थियो ।
राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा केन्द्रीय कार्यालयमा प्रमुख समाचारदाताका रुपमा उहाँले काम गरिसक्नुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्वअध्यक्ष उहाँले रासस सञ्चालक समितिका सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया