शान्तिका दुतकाे जयन्तीमा संघर्षकाे आव्हान

समाधान संवाददाता २०७८ जेठ १२ गते १२:०१

समाधान संवाददाता, पाेखरा ।

शान्तिका दुत गाैतम बुद्धकाे २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिदैं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघर्षमा उत्र्न आव्हान गरेका छन् ।

उनले देशमा प्रतिगमनकाे खतरा छ भन्दै संघर्षमा उत्रन आव्हान गरेका हुन् । पछिल्लाे समय प्रचण्ड एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकार ढाल्न सकृय छन् ।

Advertisement

प्रतिनिधि सभा दाेश्राे पटक भंग गरेर चुनावकाे मिति घाेषणा भएपछि विपक्षी माेर्चा कानुनी र राजनैतिक लडाई लड्ने तयारीमा छन् । उनीहरुले सर्बाेच्च अदातलमा विघटित प्रतिनिध सभा ब्युताएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै मुद्दा समेत दायर गरिसकेका छन् ।

यसै सन्दर्भमा प्रचण्ड सडक आन्दाेलनकाे पक्षमा छन् । त्यसैकाे तयारीमा रहेका उनले बुद्ध जयन्तीका अवसरमा पनि संघर्षमा उत्रन आव्हान गरेका हुन् ।

Advertisement

प्रचण्डले जारी गरेकाे प्रेस विज्ञप्ति–

तपाईको प्रतिक्रिया