केन्द्रकाे निर्देेशनविपरित सुदुरपश्चिम सरकारबाट फिर्ता नहुने एमाले संसदीय दलकाे निर्णय

समाधान संवाददाता २०७८ जेठ १२ गते १४:५२

समाधान संवाददाता, पाेखरा ।

नेकपा एमाले स्थायी कमिटीकाे निर्णय र निर्देशनकाे अवज्ञा गर्दै एमाले सुदुरपश्चिम संसदीय दलकाे बैठकले त्रिलाेचन भट्ट नेतृत्वकाे सरकारबाट फिर्ता नहुने निर्णय गरेकाे छ ।

एमालेकाे पछिल्लाे स्थायी कमिटी बैठकले माओवादी केन्द्रका नेता त्रिलाेचन भट्टलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा मन्त्री रहेकाहरुलाई फिर्ता हुन निर्देशन दिएकाे थियाे ।

Advertisement

त्यही निर्णयकाे बारेमा छलफल गर्न बुधबार बसेकेा संसदीय दलकाे बैठकले अहिलेकाे विशम परिस्थितिमा सरकारबाट फिर्ता नहुने निर्णय गरेकेा हाे ।

२५ सदस्यीय एमाले प्रदेश सभा संसदका अधिकांश सदस्य माधव नेपाल पक्षका सांसद छन् । सभामुख बाहेका २४ जना सदस्य मध्ये १८ जना माधव नेपाल पक्षका छन् ।

Advertisement

ओली पक्षमा रहेका ६ जना मध्ये बुधबारकाे बैठकमा ३ जना सहभागी थिए । उनीहरुले सरकारबाट फिर्ता हुनु पर्छ भन्ने जिकिर गरेपनि बहुमतले सरकारबाट फिर्ता नहुने निर्णय गरेकाे हाे ।

पार्टीकाे केन्द्रकाे निर्देशन र निर्णय नमानेपछि अब उनीहरु माथि केन्द्रले के एक्शन लिन्छ भन्ने एमालेवृत्तमा प्रतिक्षाकाे विषय बनेकाे छ ।

तपाईको प्रतिक्रिया