गण्डकीमा आज कति संक्रमित थपिए ?

समाधान संवाददाता २०७८ जेठ १२ गते १७:०६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज १०७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशभर २२२३ जनाको परीक्षणमा १०७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा सबैभन्दा बढी कास्कीका ३७० जना छन् । गोरखामा २१८, तनुहँमा १६६, नवलपुरमा ११८, पर्वतमा ६५, स्याङ्जामा ५० जनामा संक्रमण देखिएको छ । म्याग्दी र लजुङमा ३६, मुस्ताङमा ८ र मनाङमा १ संक्रमित थपिएका छन् ।

Advertisement

प्रदेशभर कोरोना संक्रमितको संख्या ३७९५४ पुगेको छ । आज प्रदेशमा थप ७ जना संक्रमितको ज्यान गएको छ । कास्कीका ४, स्याङ्जाका २ र लमजुङका १ संक्रमितको ज्यान गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७७ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया