थप १२ नेतालाई ओलीले साेधे स्पष्टीकरण

समाधान संवाददाता, पाेखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण साेधेका छन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्ने २३ जना सांसद मध्ये ११ जनालाई कारवाही गरिसकेका ओलीले बाँकी रहेका १२ जनालाई पनि कारवाही प्रकृया अघि बढाएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण साेधिएकाे छ ।
२४ घण्टे स्पष्टीकरण साेधेका ओलीले भाेलि नै स्थायी कमिटीकाे बैठक बाेलाएर उनीहरुलाई पार्टीबाट निस्काशन गर्न सक्ने बताइएकाे छ ।
साेमबार मात्र माधव कुमार नेपाल, झलनाथ खनाल, भिम रावल लगायत ११ जनालाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएकाे थियाे ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया