थप १२ नेतालाई ओलीले साेधे स्पष्टीकरण

समाधान संवाददाता, पाेखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण साेधेका छन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्ने २३ जना सांसद मध्ये ११ जनालाई कारवाही गरिसकेका ओलीले बाँकी रहेका १२ जनालाई पनि कारवाही प्रकृया अघि बढाएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण साेधिएकाे छ ।
२४ घण्टे स्पष्टीकरण साेधेका ओलीले भाेलि नै स्थायी कमिटीकाे बैठक बाेलाएर उनीहरुलाई पार्टीबाट निस्काशन गर्न सक्ने बताइएकाे छ ।
साेमबार मात्र माधव कुमार नेपाल, झलनाथ खनाल, भिम रावल लगायत ११ जनालाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएकाे थियाे ।









महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया