जेठ १८ देखि २४ गतेसम्म जोमसोम÷कोरला सडक बन्द हुने

समाधान संवाददाता २०७८ जेठ १२ गते १७:५२

सुन्दरकुमार थकाली

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी÷जोमसोम÷कोरला सडक आयोजना अन्र्तगत जोमसोम—कोरला १ सय १० किमी सडक बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सडक स्तरोन्नति गर्नुपर्ने जनाउदै जेठ १८ गते देखि जेठ २४ गतेसम्म एक हप्ताका लागि जोमसोम÷कोरला सडक पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

Advertisement

कालिगण्डकी गण्डकी करिडोर अन्र्तगत जोमसोम ÷कोरला सडकखण्डको वारागुङ मुक्तिक्षेत्र—३ मा पर्ने समरखोला (झ्याउ खोला)आसपास बाटोमै खोला बग्ने अवस्था रहेको हुदा सडक दुर्घटनाको जोखिम बढेको र त्यसका लागि खोला बग्ने स्थानमा हयुमपाईप राखी कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सडक बन्द गर्ने निर्णय भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकार जगदीश अर्यालले जानकारी दिए ।

सडक स्तरोन्नतिका लागि सडक आवागमन पूर्ण रुपमना बन्द गर्ने निर्णयसंगै उपल्लो मुस्ताङमा खाद्यान्न तथा निर्माण सामाग्री ढुवानी ओसारपोसारमा रोक लगाईने भएको छ ।

Advertisement

चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको उत्तरी कोरलानाका संञ्चालन गर्ने दिर्घकालिन लक्ष्य अनुसार सरकारले २०७४ साल श्रावणदेखि बेनी÷जोमसोम÷कोरला सडक निर्माणको काम सुरु गरेको हो ।

राष्ट्रिय गौरवको जोमसोम÷कोरला सडकखण्ड ७ प्याकेजमा स्तरोन्नति भईरहेकोमा ३ वटा प्याकेजको काम डेढ वर्षअघिनै निर्माण सम्मपन्न भई कालिगण्डकी करिडोरलाई हस्तान्तरण भईसकेको छ ।

करिडोरको जोमसोम÷ताङ्वे १८ किमी,ताङ्वे ÷चैले २९ किमी र छोसेर÷कोरला १८ किमी ग्राभेल सडक बज्रगुरु खड्गकृष्ण जेभी,दिवाडाफे एपेक्स जेभी र विरुवा रौटाहा एपेक्स जेभीले निर्माण सम्पन्न गरी करिडोरलाई हस्तान्तर गरेका हुन् ।

राष्ट्रिय गौरवको बेनी÷जोमसोम÷कोरला सडकको सम्झौता अवधि सकिएर तेश्रो पटक म्याद थप गरिएको करिडोरले जनाएको छ ।करिडोरका अनुसार थपिएको समय अवधि असारमा सकिदै छ ।

जोमसोम÷कोरला सडक स्तरोन्नतिको काम ८५ प्रतिशत संम्पन्न भईसकेको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया