चीनले नेपाललाई १० लाख कोभिड खोप दिने
समाधान संवाददाता
२०७८ जेठ १२ गते १७:५१

समाधान संवाददाता, पोखरा
उत्तरी छिमेकी चीनले नेपाललाई १० लाख कोभिड खोप सहयोग गर्ने भएको छ ।
बुधबार २ देशका राष्ट्रपतिबीच भएको फोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिङपिङले नेपाललाई १० लाख कोरोना खोप सहयोग गर्ने बताएको चिनियाँ दुतावासले जनाएको छ ।
सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।
सम्बन्धित
३
तपाईको प्रतिक्रिया