देशमा सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दो

काठमाण्डाैं, रासस ।
गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो ।
यस अवधिमा छ हजार ७१४ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी रहेको मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४९३ सङ्क्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौँमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभरमा संक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको सङ्ख्या छ हजार ८४५ पुगेको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया