किसानलाई टनेल र कुखुराको चल्ला

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २८को वडा कार्यालयले वडाका उत्पादनमुखी किसानलाई ६४ थान प्लास्टिक टनेल वितरण गरेको छ । वडाले दलित परिवारलाई कुखुराको चल्ला समेत बाँडेको वडा अध्यक्ष निमलदियाली सुनारले जानकारी दिए । आर्थिक वर्ष ०७७÷०७८को कृषि क्षेत्रमा विनियोजित ४ लाख बजेट ६४ थान टनेल वितरण गरिएको हो ।
उनले वडा कार्यालयको ५० प्रतिशत अनुदान तथा किसानको ५० साझेदारीमा ५० थान र कोरोनाको कारण वैदेशिक रोजगारी गुमाएर फर्केका र अति विपन्न किसानलाई १४ थान टनेल निशुल्क प्रदान गरेको बताए । ‘कोरोना प्रकोपको कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी टोल टोलका प्रतिनिधिमुलक रुपमा मात्र किसानलाई टनेल प्रदान गरेका छौं,’अध्यक्ष सुनारले भने, ‘भेदभाव रहित ढंगले सबै किसानलाई समानुपातिक रुपमा टनेल वितरण गर्न निर्देशन गरेका छौं ।’
उनले किसानलाई मल बीउ तथा अनुदानको व्यवस्था गरी व्यावसायिक बनाउने उल्लेख गरे । वडा कार्यालयले कालिका र माझठानाको डाँडागाउँका सबै दलित परिवारको जिविकोपार्जनका लागि ५÷५ दरले ८ सय ५०कुखुराका चल्ला वितरण गरेको वडा सदस्य तथा कार्यक्रम संयोजक कल्पना परियारले जानकारी दिइन् ।
कार्यक्रममा वडा अध्यक्ष निर्मल दियाली सुनार, वडा सदस्य तथा वडा स्तरीय कृषि समितिका संयोजक अम्बिका बुडाथोकी, वडा सदस्य विष्णुप्रसाद तिवारी, कृषि सञ्जालका अध्यक्ष इन्द्रप्रसाद गौतम, वडा कार्यलयका कम्प्युटर अपरेटर सविन भुजेलले सहयोगबारे बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया