कतारमा दिउँसोको घाममा काम गराउन नपाइने

समाधान संवाददाता २०७८ जेठ १३ गते ९:२४

दोहा ।

खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ ।

खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि काम गर्ने समयसीमा तोकेको हो । खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारहरूको लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।

Advertisement

यस्ता कार्य क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखिदेखि अपराह्‍न ३ बजे सम्मका लागि काम बन्द गर्नु पर्नेछ । साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनु पर्ने मन्त्रालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया