लकडाउन १ दिन मात्रै ढिला लागेकाे भए‍‍ ……

समाधान संवाददाता २०७८ जेठ १३ गते ११:२३

समाधान संवाददाता, पाेखरा ।

पाेखरामा व्यवसायिक र समाजिक अभियन्ताकाे पहिचान बनाएका पाेखरा उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यले आफ्नाे कर्म क्षेत्र आउन नपाउदै देह त्याग गरे ।

घरायसी कामले अघिल्लाे महिना काठमाण्डाैं मै रहेका कर्माचार्य पाेखरा आउने तयारी मै थिए । कर्माचार्य परिवारकाे घरायसी कामकै सिलसिलामा उनी काठमाण्डाैं गएका हुन् । उनका काका निर्मल कर्माचार्य पनि उनीसँगै थिए ।

Advertisement

काेराेना संक्रमण अलि अलि बढ्दै थियाे । घरायसी काम सकेपछि निर्मल कर्माचार्यले पाेखरा जाने प्रस्ताव राखे । तर रमेशले काम अझै बाँकी छ भन्दै काकालाई पाेखरा जान आग्रह गरे ।

तपाई जानुस् काका, म २ दिनपछि आउछु भनेर निर्मल दाइलाई पाेखरा पठाएकाे रहेछ, २ दिनपछि त लकडाउन सुरु भैहाल्याे, हिड्नै पाएन– ईश्वर कर्माचार्यले समाधानसँग भने ।

Advertisement

लकडाउन १ दिन मात्र ढिला भएकाे भए रमेश संक्रमणबाट जाेगिन्थे कि ! ईश्वर कर्माचार्य थकथकाउँछन ।

श्रीमती र छाेरासहित काठमाणडाैंमा रहेका उनलाई लकडाउनले पाेखरा आउनबाट राेक्याे । काठमाण्डाैंमै बस्दा काेराेना संक्रमणले भेट्याे । र पाेखरा कहिले नआउने गरी अस्ताए ।

काठमाडौंको निदान अस्पतालमा उपचारकै क्रममा कर्माचार्यको आज बिहीबार विहान ५ बजे निधन भएको थियो ।

पोखरा रानीपौवाका बासिन्दा ६२ बर्षीय कर्माचार्यलाई २० दिनअघि कोरोना संक्रमण भएको थियो ।

काेराेना संक्रमणपछि निमाेनियाले ग्रस्त उनलाई ३ दिन अघि भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । उनकाे आजै नेपाली सेनाले काठमाण्डाैं मै दाहसस्कार गर्दैछ ।

पाेखराकाे सामाजिक विकासमा ठुलाे याेगदान पुर्याएका कर्मचार्य पाेखरा उद्याेव बाणिज्य संघमा झण्डै १२ वर्ष कार्य समिति मै रहेक काम गरे । उनी २ कार्यकाल महासचिव बनेपछि पाेउवासंघकाे अध्यक्षमा विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया