सर्बाेच्चले दिएन अन्तरिम आदेश, अब संबैधानिक इजलासमा सुनुवाई हुने

समाधान संवाददाता २०७८ जेठ १३ गते १६:२८

समाधान संवाददाता, काठमाण्डाैं ।

प्रतिनिधि सभा पुनस्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै माग गरिएकाे अन्तरिम आदेश दिन सर्बाेच्च अदालतले अस्वीकार गरेकाे छ । रिट माथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चाेलेन्द्र समशेर जवराकाे एकल इजलासे अन्तरिम आदेश दिन अस्वीकार गरेकाे हाे ।

रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरेका थिए । त्यस्तै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश समेत माग गरेका थिए ।

Advertisement

प्रधानन्यायाधीश जबराले अबकाे सुनुवाई संबैधानिक इजलासमा हुने आदेश समेत दिएका छन् । सर्वोच्चमा आज देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै  परेका चारवटा रिटमाथि सुनुवाइ भएको हो ।

शुक्रबार संवैधानिक इजलास बस्नेछ। देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको रिटमाथि पनि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुँनेछ । यसकाे जानकारी प्रधानन्यायाधीशका प्रेस संयाेजक किशाेर पाैडेलले दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया