गण्डकीमा आज १७३३ जनामा कोरोना

समाधान संवाददाता २०७८ जेठ १३ गते १७:३६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज १७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा ३३९९ जनाको परीक्षण गर्दा १७३३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिएका संक्रमितमध्ये ४४५ जना कास्कीका छन् । बागलुङमा ४१६, गोरखामा २१९, तनहुँमा १७०, पर्वतमा ११९, नवलपुरमा १११, स्याङ्जामा ९५, म्याग्दीमा ९३, लमजुङमा ६५ जनामा कोरोना देखिएको छ ।

प्रदेशमा ११२६७ जना सक्रिय संक्रमित छन् । तीमध्ये कास्कीमा मात्रै ३०९५ जना छन् ।

तपाईको प्रतिक्रिया