कास्कीका ६ सहित १७ संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७८ जेठ १३ गते १७:३८

समाधान संवाददाता, पोखरा
आज गण्डकीमा १७ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ६, स्याङ्जाका ४, नवलपुरका ३, पर्वतका २ र तनहुँ, म्याग्दीका १÷१ संक्रमितको ज्यान गएको छ । प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९४ पुगेको छ ।
गण्डकी प्रदेशमा आज १७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा ३३९९ जनाको परीक्षण गर्दा १७३३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिएका संक्रमितमध्ये ४४५ जना कास्कीका छन् । बागलुङमा ४१६, गोरखामा २१९, तनहुँमा १७०, पर्वतमा ११९, नवलपुरमा १११, स्याङ्जामा ९५, म्याग्दीमा ९३, लमजुङमा ६५ जनामा कोरोना देखिएको छ ।
प्रदेशमा ११२६७ जना सक्रिय संक्रमित छन् । तीमध्ये कास्कीमा मात्रै ३०९५ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया