शेयर बजारमा आज कति भयो कारोबार ?

समाधान संवाददाता २०७८ जेठ १३ गते १८:२७

काठमाडौँ– आज शेयर बजार नेप्से सामान्य अंकले घटेपनि कारोबार भने उच्च भएको छ ।

साताको कारोबारको अन्तिम दिन आज नेप्से ०.४ प्रतिशत अर्थात १.२० अंकले घटेको हो । सो अंकले घटेको नेप्से २८१५.३९ विन्दुमा रोकिएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.२८ अंकले घटेर ५०३.७० विन्दुमा रोकिएको हो ।

Advertisement

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

यो हालसम्मकै उच्च कारोबार हो । बिहीबार ६ उपसमूह मध्ये ६ समूहका सूचक बढेका छन् भने अन्य ७ समूहको घटेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया