थपियो कास्कीमा निषेधाज्ञा, नमाने लाखौंको कारबाही

समाधान संवाददाता २०७८ जेठ १३ गते २०:४३

पोखरा । कोरोना महामारीको संक्रमणमा चेक ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ २१ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयका आधारमा संक्रामक रोग ऐन बमोजिम निषेधाज्ञा थप गरेका हुन् ।

कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रशासनले १ लाख जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको आज बसेको बैठकले निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने जनाएको छ । सो अवधिमा हाल जस्तै अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाइने छैन ।

Advertisement

दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दही, माछा, मासु बिक्री वितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरणमा बाधा छैन ।

कोरोना संक्रमण रोक्न आदेश जारी गरिएको र अब आदेश नमाने अध्यादेश अनुसार व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि प्रशासनको यसअघिको सूचनामा उल्लेख छ ।

Advertisement

मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ । अनुमति बिना हिँड्ने २ पाङ्ग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचना छ ।

तपाईको प्रतिक्रिया