३ देशमा उडान खुला गर्ने सरकारको निर्णय
समाधान संवाददाता
२०७८ जेठ १४ गते ६:२४

काठमाडौँ । सरकारले केही देशमा सीमित उडान खुला गर्ने निर्णय गरेको छ ।
विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चालन खुला गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार जुन १ ९जेठ १८० देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनमा साताको एक दिन दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया