भन्सार छली ल्याइएका सामान बरामद

समाधान संवाददाता २०७८ जेठ १४ गते ७:३९

वीरगञ्ज– भारतबाट भन्सार छली ल्याउँदै गरेका लत्ताकपडासहितका सामान प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको छ ।

प्रहरीका अनुसार सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको इनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट कुर्ता सुरवाल, साडीलगायत भन्सार छली ल्याइँदै गरेका सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार सूचनाको आधारमा छापा मारी ४ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद् गरिएको हो ।

Advertisement

प्रहरीले बरामद गरिएका सामान भन्सार कार्यालयमा बुझाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया