अमेरिका बस्ने मुक्तिनाथबासीको सहयोगमा कोरोना परीक्षण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाधान संवाददाता २०७८ जेठ १४ गते १७:५३

सुन्दरकुमार थकाली \ जोमसोम

कोरोनाको ‘हट स्पट ’ बनेको धार्मिक तथा पर्यटकी जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा—१ पुराङ रानीपौवामा कोरोना परिक्षण भएको छ ।अमेरिकामा बसोबास गर्ने पुराङ रानीपौवा घर भएका स्थानीय छेपाक गुरुङ, रवि गुरुङ ,अनिल ठकुरी र सम्टुक गुरुङ लगायतको पहलमा जन्मथलो मुक्तिनाथमा कोरोना परिक्षण गरिएको जनाईएको छ ।
उनीहरुकै्र पहलमा अमेरिकामा बसोबास गर्ने मुस्ताङीसंग आर्थिक संकलन गरिएको थियो ।उनीहरुले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा कोरोना परिक्षण गर्नका लागि भोलेन्टियर क्रप्स नेपाल ( VCN ) संग प्राविधिक सहयोग लिएको थियो । हायर गरिएको सो संस्थाको मेडिकल टिमले मुक्तिनाथमा निःशुल्क कोरोना परीक्षण गरेको स्थानीय सुरज गुरुङले जानकारी दिए ।
अमेरिका बस्ने प्रवासी मुस्ताङीहरुको आर्थिक सहयोगमा संस्थाले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ रानीपौवामा निःशुल्क कोभिड–१९ एन्टिजेन परीक्षण’ गरेको हो।

भिसिएनको मेडिकल टोलीले पहिलो चरणमा ६०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । मुक्तिनाथ रानीपौवाका समाजसेवी सुरज गुरुङका अनुसार परीक्षणमा प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्मा, मेडिकल प्रतिनिधि डा.जेम्स गुरुङ, स्वास्थ्य संयोजक खगेन्द्र बोहोरा , महिला सामुदायिक स्वयंसेवीका र स्थानीय जनप्रतिनिधि लगायतले सहजीकरण गरेका थिए ।
भिसिएनले यसअघि गत जेठ ५ र ६ गते वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी स्वास्थ्य चौकीमा कोरोना परिक्षण गरेको थियो । कागबेनीमा ११ जना व्यक्तिको कोरोना परिक्षण गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै, वारागुङ १ झारकोटमा ९० जनाको परीक्षण गर्दा १० जनामा पोजेटिभ देखिएको थियो ।
उक्त कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्थानीय स्वयंसेवीले सहजीकरण गरेको जनाएको छ ।
यस्तै , कोरोना रोकथाम तथा नियन्त्रणका लागि अमेरिकामा बस्ने पुराङ रानीपौवाका स्थानीयले माक्स ,सेनेटाईजर ,ग्लोक्स र मेडिकल औषधि लगायत अक्सिजन कल्सनटेसन र अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो ।
यस्तै ,अमेरिकामा बसोबास गर्ने मुस्ताङीहरुको सामाजिक संस्था मुस्ताङ किदुकले पनि वारागुङ मुक्तिक्षेत्रका लागि कोरोना परीक्षणमा सहयोग पू¥याएको जनाईएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया