समुन्नत नयाँ पोखरा र आगामी कार्यभार

समाधान संवाददाता २०७८ जेठ १४ गते १८:०४

धनबहादुर नेपाली

प्रवक्ता, पोखरा महानगरपालिका


शान्तिपूर्ण जनआन्दोलनको सफलतापछि निर्मित नयाँ संविधानको मर्म अनुरुप सरकारको ३ संरचना बन्यो । संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकारको निर्वाचनपछि जनप्रतिनिधि नेतृत्वलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न लागिरहेका छन् । विकास र समृद्धिको महाअभियानमा देखिने चुनौतीको सामना गर्दै अघि बढ्नु समयको माग हो । स्थानीय सरकार निर्वाचित भएको चार वर्ष पूरा भएको छ । सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा जनअपेक्षित चाहना पूरा गर्न हामी ३ वटै सरकार कटिवद्ध हुनै पर्दछ ।

Advertisement


पोखरा महानगरपालिका प्राकृतिक सम्पदा पर्यटकीय सहरका दृष्टिकोणले जति प्रख्यात छ त्योभन्दा देश भरिकै महानगरमध्येको ठूलो क्षेत्रफल भएको महानगरले परिचित पनि । स्थापना कालको नगरपालिका, उपमहानगरपालिका र अहिले महानगरपालिकाको स्वरुप संरचनामा महानगरको नेतृत्व भौतिक पूर्वाधार, नगरबासीको सशक्तीकरण र मानव शंसाधनको विकासमा समर्पित छ । महानगरको नगर कार्यपालिकामा नेकपा (एमाले) को र नेपाली कांग्रेसको प्रतिनिधित्व छ । विकास र समृद्धिको साझा एजेन्डा नेकपा(एमाले) बाट नेतृत्वमा रहेका निर्वाचित नेतृत्वबाट राजनीतिक आग्रह पूर्वाग्रह नराखी स्थानीय सरकारमा प्रतिपक्ष हुदैन भन्ने मान्यता राख्दै अघि बढेको अवस्था छ । पुँजीगत खर्च, पूर्वाधारको आवश्यकता, योजनाको प्राथमिकताका आधारमा स्थानीय सरकार सञ्चालन २०७४ बाट निर्देशित छौं । यो मनोविज्ञानले पोखराको विकासलाई सहमतिमा साझा रपमा लिँदै र संघीय लोकतन्त्रलाई संस्थागत गर्न बल पुगको महसुस गरिन्छ ।

Advertisement


पोखरा महानगरपालिका नगर कार्यपालिकाको ४९ वटा पूर्ण बैठक सम्पन्न भएका छन् ८ वटा नगर सभा (बजेट सभा एवं एन कानुन निर्माण सभा) सम्पन्न भएका छन् । पोखरा महानगरको भौतिक विकास पोखरेली नागरिकको मानवीय विकासमा बजेट विनियोजन, आर्थिक क्षेत्रको उत्थान र कृषि क्षेत्र एवं नागरिकको स्वास्थ्य क्षेत्रमा सुलभता विषयले महत्व पाएका छन् ।
पोखरा महानगरपालिकाले सयौं विषयमा संघीय र स्थानीय सरकारको काम, कर्तव्य र उद्देश्य पूरा गर्न ऐन कानुन निर्देशित आचार संहिता, कार्यविधि बनाउने काम सम्पन्न गरेको छ । जसबाट स्थानीय नागरिकबीच काम गर्न वैधता प्राप्त गरेको छ । महानगरको भौतिक अवस्थालाई प्राविधिक रुपमा बलियो बनाउन महानगर भवन प्रशासनिक महाशाखा भवनको डिजाइन पास गर्ने र निर्माण टेन्डर गरिसकेको अवस्था छ । सबै वडा कार्यालय भौतिक पूर्वाधार सम्पन्न बनाउने क्रममा केहीबाहेक नयाँ कार्यालय भवनमा रुपान्तरण भइसकेका छन् । वडा कार्यालयमा प्राविधिक एवं प्रविधिले सम्पन्न बनाउन पर्याप्त कर्मचारी व्यवस्था गरिएको छ । कर्मचारीलाई दक्ष बनाउन कर्मचारी नीति एवं जिम्मेवारीमा फेरबदल गरिएको छ । नागरिकको ढोका उघारेपछि देखिने भेटिने सरकारको रुपमा स्थानीय सरकारलाई हेर्ने बुझ्ने गरिन्छ । सोही अनुरुप हिजो महानगरबाट हुने गरिएका कामहरु वडा तहबटै सम्पादन गरिएको छ । महानगर नेतृत्वलाई महानगरकै विकासको नीति बनाउन सहजता ल्याइएको छ ।
हिजो गाविस रहेका वा नगर वडामा गाभिएका वडालाई विकास पूर्वाधारमा प्राथमिकता दिइएको छ । बाटो, सिँचाइ, कृषिमा आवश्यक बजेट विनियोजन र कास्कीकोट, निर्मलपोखरी, भरतपोखरी, कालिका माझठानामा बृहत खानेपानी योजना लागु भएको छ । फेवाताल लगाएतका ८ वटै ताल संरक्षण नीति, स्वच्छ तालको अभियान चलाइएको छ । पर्यटकीय सहरको रुपमा संसारमा पोखराको पर्यटन प्रवद्र्धन गर्न सडक बाटा चौडा गर्ने, फुटपाथ निर्माण गर्ने, वृक्षरोपण गर्ने, गार्डेन डिभाइडर बनाउने, लेक टु लेक साइकल ट्र्याक एवं साइकल सिटीको पूर्वाधार तयार गर्ने काम सुरुआत भएका छन् । ताल संरक्षण कृषि उपज जग्गा संरक्षणका लागि सिल्ट्रेसन ड्याम बनाईएको छ ।
विश्वव्यापी कोरोना संक्रमण नियन्त्रणमा आवश्यक स्वास्थ्य मापदण्ड बनाउने ५० शयाको अस्पताल निर्माण गर्ने, विपदमा परेका निमुखा मजदुरहरुलाई राहत बाँड्ने काम भएका छन् । शिक्षा महाशाखाबाट निमावि तह को पाठ्यक्रम तयार गर्ने काम प्राविधिक शिक्षा शाखा सञ्चालन गर्ने र नयाँ युवा विद्यार्थीलाई सुलभ शिक्षामा प्राथमिकता दिएको छ । सहरी क्षेत्रका वडाहरुमा अमेरिकन प्रविधि अल्फाल्ट पिच गर्ने र ट्राफिक जेब्राक्रस लाइन एवं सावधानी संकेत प्रविधिमा जोड गरिएको छ । कृषि क्षेत्रलाई अनिवार्य कुल बजेटको १० प्रतिशत बजेट छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । लोकतन्त्रलाई सुदृढ गर्ने आधार स्वच्छ प्रशासन सुशासन भएकाले महानगरीय प्रशासनलाई बदलिएको राजनीतिक व्यवस्था अनुकुल सुदृढ गर्न केन्द्रित गरिएको छ ।
महानगरले मानवीय संशाधन विकासमा नयाँ नीति अघि सार्दै घरेलु, कृषि उद्योगलाई विशेष कार्यक्रमको रुपमा स्वरोजगार बढावा दिन केन्द्रित भएको छ । न्याय सम्पादन, महिला, उत्थानमा उद्यमी प्रोत्साहन आर्थिक कार्यक्रम ल्याइएको छ । पार्क, उद्यान, बाटिका निर्माणमा अग्रसर भएका छौं । आकाशे पुल निर्माण अन्तिम चरणमा छ । सहरी क्षेत्रका सडकहरुमा सिसी क्यामेरा जडान कार्यक्रम सुरु हुँदैछ । साहित्य, संस्कृति क्षेत्रको उत्थानका लागि पोखरा प्रज्ञा प्रतिष्ठान नगर युवा परिषद, महानगरस्तरीय खेलकुद विकास समिति गठन गरी पदाधिकारी चयन गरिएको छ ।
यसका बाबजुद पोखरा बसपार्क निर्माण, अन्तर्राष्ट्रिय सभाहल निर्माण, नयाँ क्षेत्रमा आधुनिक ल्यान्डफिल्ड साइडको खोजी पोखरा सभागृह पुनःव्यवस्थापन गर्न पोखरा महानगरपालिका आफैमा ढिला भएको छ । अवका दिनमा गौरवका योजनाको रुपमा यी योजना सम्पन्न गर्नुपर्ने दायित्वलाई ख्याल गर्नै पर्ने ठाउँमा हाम्रो महानगर नेतृत्व हामी पुग्नै पर्दछ ।

तपाईको प्रतिक्रिया