गणतन्त्र घोषणा भएको आज १४ औं वर्ष

समाधान संवाददाता २०७८ जेठ १५ गते ८:०१

काठमाडौं । नेपालमा गणतन्त्र घोषणा भएको १३ वर्ष पूरा भई चौध वर्ष लागेको छ ।

जनआन्दोलन २०६२र६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

२३८ वर्षको शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

Advertisement

यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आए पनि ०७६ सालदेखि गणतन्त्र दिवसको बिदा कटौती गरेको छ ।

Advertisement

देशमा गणतन्त्र आएको डेढ दशक हुन लाग्दा पनि अपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनतामा निराशा छाएको छ । बरू गणतन्त्रको प्रतीक मानिने राष्ट्रपति संस्था नै निष्पक्षता देखाउन नसकेको भन्दै यो बेला चौतर्फी विवादको केन्द्रमा परेको छ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेको स्मरण गराएकी छन् ।

तपाईको प्रतिक्रिया