सरकारले आज अध्यादेशमार्फत बजेट ल्याउँदै

समाधान संवाददाता २०७८ जेठ १५ गते ८:०९
Interview with Finance Minister and General Secretary of the ruling Nepal Communist Party (NCP) Bishnu Prasad Paudel, on Saturday, October 31, 2020. Photo: RSS

काठमाडौँ – सरकारले शनिबार अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेश मार्फत पूर्ण आकारको बजेट ल्याउने भएको हो ।

कोभिड–१९ को रोकथाम तथा स्वास्थ्य पूर्वाधार, खोप खरिद, आउँदो कात्तिक २६ र मंसिर ३ का लागि तोकिएको चुनाव खर्च, यस्तै आउँदो वैशाखमा हुने स्थानीय तहको चुनाव, वृद्ध भत्ता वृद्धि तथा राहत एवम् आर्थिक उत्थानका कार्यक्रम बजेटमा समेटिने छन् ।

Advertisement

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब रुपैयाँ बराबरको हुने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया