आज देशभर कस्तो रहन्छ मौसम ?

समाधान संवाददाता २०७८ जेठ १५ गते ८:१४

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव अहिले नेपालमा रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

Advertisement

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

Advertisement

तपाईको प्रतिक्रिया