नेपाल र इराकबीचको खेल आज

समाधान संवाददाता २०७८ जेठ १५ गते ८:२१

काठमाडौँ । नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा राति १०ः १५ बजे खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् ।

Advertisement

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया