गणतन्त्र दिवसमा ४३० कैदीको सजाय मिनाहा

समाधान संवाददाता २०७८ जेठ १५ गते ८:२६

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा शनिबार ४ सय ३० जना कैदी बाँकी सजाय मिनाहा भएर छुट्ने भएका छन्।

मन्त्रि परिषद्ले ४ सय ३० जना कैदीलाई बाँकी सजाय छुट गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्विकृत गरेकी हुन्।

गणतन्त्र दिवसलगायतका अवसरमा राष्ट्रपतिले ५० प्रतिशत कैद सजाय भुक्तान भएका कैदीलाई बाँकी सजाय छुट दिने कानुनी व्यवस्था छ। तर यो सबै प्रकारका कसुरमा भने लागु हुँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया