मनाङमा घरभित्रै बाढी पस्यो

समाधान संवाददाता २०७८ जेठ १५ गते १२:४९

समाधान संवाददाता, पाेखरा

लगातारको वर्षाले मनाङमा बाढीले बितण्डा मच्चाएको छ । मनाङ सदरमुकाम चामेको नयाँबजारका तीन घरमा शुक्रबार घरमै बाढी पसेको छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार तीन दिनदेखि लगातार पानी पर्दा घट्टेखोला र ठाडो लाइन खोलामा आएको बाढीले आधा दर्जन घरमा क्षति पुऔयाएको छ ।

Advertisement

खोला छेउका घर पनि जोखिममा रहेको उनले बताए । नयाँबजारस्थित घट्टेखोलाकाे पुल थुनिँदा बाढी घरभित्र पसेको हो ।

बाढीले ल्याएको बालुवा घरभित्रै थुप्रिएको र त्यसलाई निकाल्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । डोजरको सहयोगमा धार परिवर्तन गराएर बाढी नियन्त्रणमा लिइएको छ । तर, बाढी आउन भने रोकिएको छैन ।

Advertisement

‘घरभित्र घुँडासम्म हुने गरेर बालुवा पसेको छ । त्यो सफा गर्ने, बाटो सफा गर्ने काम अहिले गरिरहेका छौँ,’ उनले भने । मानवीय क्षति नभए पनि बाढीले खोला छेउका कुखुरा र बंगुरको खोरमा क्षति पु¥याएको छ ।

घरमा बाढीले ल्याएको बालुवा थुप्रिएपछि स्थानीयलाई चामे गाउँपालिकाको कार्यालय र लोकप्रिय माविमा बस्ने व्यवस्था मिलाइएको प्रजिअ लामिछानेले जानकारी दिए ।

खोलामा आएको बाढीले सडकमा क्षति पुग्दा र ठाउँठाउँमा पहिरो खस्दा सडक सम्पर्क विच्छेद भएको छ । ‘खोला बढेर आएर बजारमा पस्यो । बाटोमा नै खाल्डो परेको छ । तीन दिनदेखि बाटो बन्द छ,’ प्रजिअ लामिछानेले भने, ‘दुई वटा काठे पुल बगाएको छ ।’

तपाईको प्रतिक्रिया